
तनहूँ । पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका ४ नयाँपुलमा ट्रकले किचेर १ बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ः३० बजे डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना ५ ख ७८०४ नं.को ट्रकले किचेर सडक छेउ हिँड्दै गरेकी गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको हो ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ ।
चालक र ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

