काठमाडौं, मंसिर १७ । केन्याका राष्ट्रपति उहुरु कीनियाताले गृहमन्त्री र सुरक्षाप्रमुखलाई पदबाट बर्खास्त गरेका छन् । केन्यामा इस्लामिक आतिवादीले ३६ मजदूरको हत्या गरेलगत्तै उनीहरुलाई पदबाट बर्खास्त गरिएको हो ।
केन्याको एक टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति कीनियाताले नरसंहार गर्ने आतंकवादीलाई ‘पागल जनावर’को संज्ञा दिँदै उनीहरुलाई कुनै हालतमा माफी नदिने बताए । सम्बोधनमा उनले आतंकवादविरुद्ध एकजुट हुन केन्याली जनतालाई अपील समेत गरे ।
केन्याको उत्तरी कस्बे मांदेरामा आतंककवादी संगठन अल शबाबको हतियारधारी समूहले खानी मजदूरहरुको हत्या गरेको हो । खानी मजदुरमध्ये मुस्लिम र गैरमुस्लिमलाई अलग राखी इसाईहरुको हत्या गरिएको थियो ।
यही समूहले गत साता एक बसमा सवार २८ जना गैरमुस्लिमको पनि हत्या गरेको थियो । (एजेन्सी)

