
जाजरकोट । जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बाजुरा जिल्ला घर भएका ३५ वर्षीय कठायत चारमहिनादेखि सो कार्यालयमा घुमुवा प्रहरीको रुपमा कार्यरत थिए ।
उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्

