
रञ्जन अधिकारी पोखरा, १७ मंसिर । डिसेम्बर ३ अर्थात् अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, ‘दिगो विकासका लागि प्रविधिमा प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्ष २३ औँ अन्तराष्ट्रिय अपांग दिवस हरेक वर्षजस्तै यस वर्ष पनि ¥याली, गोष्ठी, छलफल, पुरस्कार वितरण, सम्मान लगायत कार्यक्रमसहित मनाईएको छ ।
नेपालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको अध्यक्षतामा १ सय ६५ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरी साप्ताहिक कार्यक्रम तय गरेर मनाईरहँदा कास्कीका पनि सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमको संयोजकत्वमा चार दिनसम्म विभिन्न कार्यक्रम भयो । बुधबार दिवसको दिन अपांगता क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था सहितको सहभागितामा आयोजक मूल समारोह समिति कास्कीले ¥याली सहित सम्मान कार्यक्रम आयोजना ग¥यो ।
पोखरा चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली पोखरा सभागृह पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा दृष्टिविहीनहरुले पञ्चेबाजा समेत प्रस्तुत गरे भने ‘समाजमा पूर्ण र प्रभावकारी सहभागिता तथा समावेशीकरण’, हामीलाई पनि पढ्ने अवसर प्रदान गरुन्’, ‘अपांगता भएका पुरुष र महिलाबीच समानता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सीबीआरएस, कोपिला नेपाल, नेत्रहिन संघ कास्की, बहिरा संघ लगायतका संस्थाबाट प्रतिनिधित्व रहेको थियो ।
अपांगता भएका व्यक्तिहरुले आफ्ना हक अधिकार सुनिश्चितताका लागि संविधानसभामा प्रतिनिधित्व गराउन जोडदार माग गरे । उनीहरुले शारीरिक रुपमा अपांग भएपनि बौद्धिक रुपमा सबलाड्डजस्तै हुनेहरु केहिमा पनि कम नहुने उल्लेख गर्दै प्रभावकारी सहभागिताका लागि राज्यको ध्यानाकर्षण गराए । मानसिक अपांगता भएकालाई समेट्न नसकिरहेको अवस्थामा राज्य गम्भीर हुनुपर्नेमा पनि उनीहरुले जोड दिए । उनीहरुले नयाँ बन्ने संविधानमा अपाङ्गता भएका नागरिकको सवाललाई पहिचानसहित पहिलो प्राथमिकतामा राखी मौलिक हकको छुट्टै धारामा अनिवार्य समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकारको प्रतिनिधित्व र सहभागिताको अनिवार्य व्यवस्थाको सुनिश्चितता हुनुपर्ने माग समेत गरेका छन् ।
प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले राज्यले अपांगता भएकाहरुलाई विशेष भत्ताको व्यवस्था गरेको बताए । ‘अपांग प्रकृति हेरेर राज्यले विभिन्न तहमा वर्गिकरण गर्दै भत्ता दिईरहेको छ ।’ उनले भने– ‘अपांगता भएका व्यक्तिको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम आवश्यक पर्छ ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले अपाड्ड भएका व्यक्तिले पनि समाजमा ठूला योगदान दिएको भन्दै समान व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका सचिव युवराज कुँवर, सशस्त्र प्रहरी उपरीक्षक गणेश बहादुर संग्रौला, गैसस महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, पोखरा उपमहानगरपालिकाका तर्फबाट दुर्गा न्यौपाने लगायतले बोलेका थिए ।
सो अवसरमा कोपिला नेपालले नगद सम्मान र बाबा फाउण्डेशनका तर्फबाट केहि अपांगता भएका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गरिएको थियो । लोकसेवा दिएर नाम निकालेका राजश्व अधिकृत विजयप्रसाद लामिछाने र संस्कृत माविमा अंग्रेजी शिक्षक श्रीकान्त सापकोटालाई सम्मान गरिएको थियो । कास्की नेत्रहीन संघको सिफारिसमा आयोजक समितिले दुई दृष्टिविहीनलाई दोसल्ला र सम्मापत्रका साथ सम्मान गरेको हो । यस्तै, बहिरा संघको सिफारिसमा रश्मी तुलाचन साई तथा बौद्धिक अपांगता भएकाहरु मैना गुरुङ, जुलि श्रेष्ठ, विमला लामा गुरुङलाई पनि सम्मान गरिएको थियो । दृष्टिविहीन वल्र्ड टि–२० महिला क्रिकेटमा फाईनलमा बेलायतलाई हराउँदै नेपालले उपाधि जितेकोमा टिममा पोखरामा रहेका खेलाडीलाई पनि सम्मान गरिएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय सदस्य तथा सिविआर नेटवर्कका कार्यक्रम संयोजक खोमराज शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए । चार दिवसीय कार्यक्रम अन्तर्गत सोमबार र मंगलबार पनि पोखरामा सचेतनामूलक तथा अन्र्तक्रिया कार्यक्रम भएका थिए भने विहीबार पनि अन्तक्र्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको छ । यसैगरी, पुष ६ गते कास्कीका सम्पूर्ण सरकारी अधिकारीहरुसँग छलफल कार्यक्रम राखिएको शर्माले जानकारी दिए ।
सिविआर नेटवर्कको तथ्याङ्क अनुसार अहिले कास्कीमा १० हजार १५ जना अपाङ्गता भएका व्यक्तिहरु छन् । तीमध्ये करिब १५ सय पूर्ण अशक्त अपाङ्ग रहेका छन् । अपाङ्गता भएकाहरुले परिचय पत्र नपाएको र राज्यबाट पाउनुपर्ने सेवासुविधा सहज रुपमा नपाएको गुनासो समेत गर्दै आएका छन् । दिवस मनाईरहँदा सरकारले यो दिन आड्डना लागि विशेष केही ल्याउँछ कि भनी झिनो आशा हरेक अपांगता भएका व्यक्तिले गरेका हुन्छन्। तर दिवस सकिँदा त्यही आशा निराशामा परिवर्तन हुन्छ । अपांगता भएका व्यक्तिले वर्षभरि भोग्नुपर्ने समस्या र पीडा एकातिर छन्, तर पनि ३ डिसेम्बर हरेक अपांगता भएका नागरिकका लागि विशेष दिन भएर आउँछ।
यस दिन अपांगता भएका व्यक्तिका अधिकार र उनीहरूले भोग्ने गरेका समस्या, पाउनुपर्ने सेवासुविधाका बारेमा चर्चामात्र भए पनि हुने गरेको छ। सर्वसाधारणमा चेतना जगाउन यस दिनको बढी उपयोग हुने गरेको छ। नीतिगतरूपमा त थुप्रै व्यवस्था गरिएका छन्। २०३९ सालमा अपांग संरक्षण तथा कल्याण ऐन ल्याइएको छ। २०५१ सालमा अपांग संरक्षण तथा कल्याण नियमावली ल्याइएको छ। नेपालको अन्तरिम संविधान २०६३ मा अपांगताका विषय पनि समेटिएको छ। त्यस्तै, अपांगतासम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना २०६३ पनि ल्याइएको छ। नेपाल सरकारको ३ वर्षे कार्ययोजनामा पनि यो विषयले स्थान पाएको छ। सबैभन्दा महŒवपूर्ण कुरा त अपांगता भएका व्यक्तिका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलाई नेपाल सरकारले अनुमोदन गरेको छ। अपांगमैत्री भौतिक संरचना तथा सञ्चारसेवा निर्माण निर्देशिका २०६९ पनि जारी भएको छ। त्यतिमात्रै हैन सर्वच्च अदालतले निःशुल्क शिक्षाका सम्बन्धमा र सबै प्रकारका अपांगता भएका व्यक्तिलाई मासिक ५ सयदेखि ३ हजारसम्म र सहयोगीको आवश्यक पर्ने पूर्ण र अति अशक्त व्यक्तिलाई थप २ हजार गरी ५ हजारसम्म दिलाउने भनी सरकारका नाममा आदेशसहितको फैसला गरेको छ। अबको आवश्यकता भनेको भएका ती व्यवस्थाको अक्षरसः कार्यान्वयन हो।

