कविशिरोमणी लेखनाथ आविमा शैक्षिक सामाग्री वितरण

Share:


पोखरा । कास्कीको पोखरा २७ अर्घो अर्चलेमा रहेको कविशिरोमणी आधारभूत विद्यालयका विद्यार्थीले निशुल्क रुपमा शैक्षिक सामाग्री पाएका छन् । अधिकाम्स गरिव तथा विपन्न वर्गका वालवालिका अध्ययनरत उक्त विद्यालयमा पुगेर हिमालयन वुद्ध फाउण्डेसन नेपालले आईतवार निशुल्क रुपमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

शिक्षा विकासका लागी पुस्तकालयको महत्वलाई वुझेर हिमालय वुद्ध फाउण्डेसनले कास्कीमा विसं २०६९ सालदेखी वुद्ध वालघुम्ती पुस्तकालय संचालन गरी सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री मार्फत सहयोग पु¥याउदै आएको छ । कापी, कलमको अभावमा निरन्तर विद्यालय आउन नसकेका वालवालिकाकालागी फाउण्डेसनले चालु शैक्षिक सत्रमा मात्र कास्कीका ४० सरकारी विद्यालयका करिव ४ हजार विद्यार्थीलाई कापी, कलम र स्टेशनरी सामाग्री प्रदान गरेको वुद्धवाल घुम्ती पुस्तकालयका निर्देशक ईश्वरप्रसाद तिवारीले वताए । उनले आगामी दिनमा समेत आफ्नो सस्थाले उक्त विद्यालयलाई सहयोग गर्दै जाने विश्वास दिलाए । यस सँगै फाउडेसनले पुस्तकालय पढाई शिविर कार्यक्रम मार्फत विद्यार्थीलाई औपचारिक शिक्षाको अलवा अनौपचारिक शिक्षा समेत प्रदान गर्दै आएको छ ।

विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा वडा नं २७का वडाध्यक्ष पुर्णकुमार गुरुङले सरकारी विद्यालयमा शैक्षिक दुरावस्था आउन नदिन सवैको सहयोग आवश्यक रहेको वताए । विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामाग्रीले शैक्षिकस्तर सुधारगर्न सहयोग पुग्ने भन्दै उनले वुद्ध वालघुम्ती पुस्तकालयले शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद सापकोटाले विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्दा विद्यालयमा विद्यार्थी संख्या वृद्धी गर्न सहयोग पुग्ने विश्वाश व्यक्त गरे ।

विद्यालयलाई व्यवस्थित र उत्कृष्ट वनाउन सवैको सहयोगको खाचो रहेको वताउदै उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलले आगामी दिनमा शैक्षिक क्यालेन्डरनै वनाएर हरेक वर्ष यसरीनै सहयोगी हातहरुलाई वढाउन सवै सँग आग्रह गरे । शिक्षक वेदनाथ अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा शिक्षासेवी रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, एवं शिक्षा प्रेमीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: