
काठमाडौं । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज (बुधबार) पाँचौं राष्ट्रिय योग दिवस मनाइँदैछ।
शरीर स्वस्थ र तन्दूरुस्त राख्नका लागि गरिने शरीरिक आसनलाई योग भनिन्छ। योगलाई आध्यात्मिक प्रक्रिया पनि मानिन्छ। जसले शरीर, मन र आत्मलाई सकारात्मक रूपले एकसाथ समावेश गर्दछ।
योग दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट पारित गरेर विश्व स्वास्थ्य सङ्गठनले प्राथमिकता दिँदै विगत ४ वर्षदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित योग दिवस मनाउने तयारी गरेको हो। त्यसका लागि सरकारले बजेटसमेत छुट्ट्याएको छ।
कमेन्ट गर्नुहोस्
