शहीदको सपना पूरा गरे मात्र पार्टी एकताको औचित्य : मुख्यमन्त्री गुरुङ

Share:

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीदका सपना पूरा गर्न सकेमात्र पार्टी एकताको औचित्य रहने बताउएका छन् ।
विजय ढकाल शहीद स्मृति प्रतिष्ठानले ढकालको १५ औँ स्मृति दिवसको अवसरमा आज साँझ पोखरा–७ स्थित शहीदपार्कमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा उनले देशको समृद्धि,जनताको सुख र समाजवाद स्थापनाका लागि क्रान्तिमा होमिएका शहीदको सपना पूरा गर्नेतर्फ एकतावद्ध पार्टी लाग्नुपर्नेमा जोड दिए ।

????????????????????????????????????

साविकका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरेर ठूलो पार्टी बनाएकाले सामाजिक, आर्थिक रुपान्तरण तथा जनचाहना पूरा गर्ने तर्फ लाग्नुनै विजय ढकाल लगायतका शहीदहरुप्रतिको सम्मान हुने उल्लेख गरे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टी अहिले स्रोत साधनको उपयोग गर्ने ठाउँमा रहेको अवस्थामा नीति, कानून र कार्यक्रम बनाउँदा शहीदलाई स्मरण गर्नुपर्ने र विचलित नभई समाज परिर्वतनको अभियानमा लाग्नुपर्ने भनाई राखे । पार्टी एकीकरणको काम जतिसक्दो छिटो सम्पन्न गरेर साविकका दुई पार्टी बीच बिचार, शैली र भावनामा काँधमा काँध मिलाएर सामाजिक आर्थिक रुपान्तरमा लाग्न आग्रह गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले शहीद, वेपत्ता तथा घाइतेका परिवारलाई राहत दिन तीनै तहका सरकार प्रतिवद्ध रहेको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु, गण्डकी प्रदेशसभाका सदस्य, पार्टी नेता, कार्यकर्ता तथा शहीद परिवारको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पौडेलले गरेका थिए । तत्कालीन नेकपा माओवादी कास्कीका जिल्ला सेक्रेटरी रहेका ढकालको वि.सं. २०६१ पुस २९ गते साविक निर्मलपोखरी गाविसको साम्मी मैदानमा सुरक्षाकर्मीद्धारा हत्या भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: