एमाओवादी लमजुङका पूर्व सचिव, विप्लव समूहमा प्रवेश

332
0
Share:

पोखरा, १८ मंसिर
एकीकृत नेकपा माओवादी लमजुङ्गका पूर्व सचिव प्रताप शर्मा विप्लव समूहको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
नवगठित नेकपा माओवादी तमुवान राज्यको हिजो पोखरामा भएको प्रशिक्षण कार्यक्रममा संयोजक नेक्रविक्रम चन्द विप्लवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
तमुवान राज्यका आठ जिल्ला सहित मगरातका बागलुङ र म्याग्दीका अगुवा कार्यकर्तालाई पोखरा नजिकैको एउटा गाउँमा आयोजित गोप्य प्रशिक्षणमा चन्दले प्रशिक्षण दिएका दिए ।
तमुवानमा अगुवा कार्यक्रताको उपस्थितिले आफुलाई आत्मविश्वास बढेको उनले प्रतिक्रिया दिए । यतिधेरै उपस्थिति युद्दकालमा नभएको तर अहिलेको परिस्थितिमा समेत यो सहभागिताले आफुलाई अनपेक्षित आशा बढेको उनको तर्क थियो ।
विप्लवलाई भेट्न आज स्याङजा, पर्वत, तनहुँ लगायतका जिल्लाहरुबाट एमाओवादी एमाले लगायतका वामपन्थि दलका युवा कार्यकर्ताहरु पोखरा आउँदैछन् ।
चन्द पोखरा आएको सुरक्षा प्रशासनले खबर पाएपछि प्रहरीले पिछा गरिराखेका थिए भने सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: