
काठमाडौं : सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका विषयमा छलफल गर्न शनिबार पनि प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवा जुटेका छन्। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
आजै यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते गठन गरिएको सर्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ ।
उक्त समितिले राजनीतिक सहमति पर्खेर बसेकाले आज वालुवाटरको ओली, प्रचण्ड र देउवाको छलफलले नाम सिफारिस गर्दैछ ।


कमेन्ट गर्नुहोस्
