सूचना प्रविधि विधेयक विरुद्ध कांग्रेसले देशैभरिबाट विरोधपत्र बुझाउँदै

Share:

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आज सरकारलाई विरोधपत्र बुझाउँदै छ। ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् कांग्रेसले सूचना तथा प्रविधि विधेयक विरुद्ध विधेयक बुझाउने भएको हो ।

कांग्रेसले संविधानविपरीतका गतिविधिविरुद्ध पनि विरोधपत्र बुझाउन लागेको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, विधेयकका कतिपय प्रावधान सविधानको मर्मको प्रतिकुल हुने र नागरिकको मौलिक अधिकार हनन हुने हुँदा विधेयक सच्याउनु पर्ने काङ्ग्रेसले माग गर्दै आएको छ ।

गएको पुस १७ गते बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: