सिन्धुपाल्चोकको बाह्रबिसेमा लगाइएको निषेधाज्ञा हट्यो

Share:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

आइतबार बेलुका ९ बजे जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएको हो ।

समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएपछि अहिले अवस्था सामान्य रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिएका छन् । समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम रोकिने निर्णय पनि भएको छ ।

बाह्रविसे नगरपालिका वडा नं ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि आइतबार निषेधाज्ञा जारी गरिएको थियोे ।

कमेन्ट गर्नुहोस्
Share: