
काठमाडौं । आज (सोमबार) अधिकांश क्षेत्रको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन लगातार बर्षा गराएर केही निष्क्रिय बनेको पश्चिमी वायु आजदेखि फेरि सक्रिय हुँदैछ ।
मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम पानी र हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
