सभामुखको मनोनयन आज ११ देखि २ बजेसम्म : नेकपाबाट सापकोटा, आन्तरिक परामर्शमा कांग्रेस

Share:

काठमाडौं । माघ १२ गते हुने सभामुख निर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। एक जना प्रस्तावक र समर्थक राखी प्रतिनिधिसभाका कुनै पनि सांसदले प्रस्ताव गर्न सक्ने व्यवस्था रहेको छ । आज (मंगलबार) दिउँसो २ः३० बजे नै उम्मेदवारको नामावली सार्वजनिक हुनेछ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ । रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति सदस्य एंव सांसद अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । सत्तारुढ दलले सभामुखमा सापकोटालाई निर्विरोध बनाउने परामर्श पनि गरिरहेको छ।

यता प्रतिपक्ष दल कांग्रेसले उम्मेदवारबारे निर्णय गरिसकेको छैन। कांग्रेसले मंगलबार संसदीय दलको बैठक पनि बोलाएको छ।

कमेन्ट गर्नुहोस्
Share: