विश्व क्रिकेट लिग-२ खेल्ने ओमान र अमेरिकाको टिम घोषणा

Share:

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालसंगको सिरिजका लागि ओमान र अमेरिकाले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेका छन्। ओमानले बुधबार राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो।

जिशान माक्सुदको कप्तानीमा ओमानले सिरिज खेल्ने टिमको घोषणा गरेको हो । ओमानको टिममा कप्तान माक्सुदसहित अकिब, जातिन्दर सिंह, खवर अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहमद नासिम, सन्दीप गौड,मुहमद नादिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फायज, कालिमुल्लाह र बिलाल खान रहेका छन् ।

यस्तै अमेरिकाले भने सोमबार नै राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको थियो। सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरेको हो । अमेरिकाको टोलीमा सौरभ नेत्रवलकर (कप्तान), स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन रहेका छन्।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका तीब्र गतिका बलर अली खान भने अमेरिकाको टोलीमा छैनन् ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ । विश्वकप लिग २ अन्तर्गत अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ ।

ओमान भने ८ खेलमा ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । नेपाल भने सिरिज अन्तर्गत पहिलो खेल खेल्न लागेको हो।

कमेन्ट गर्नुहोस्
Share: