
पोखरा । अहिले राष्ट्रियसभा सदस्य चयन गर्नका लागि मतदान भईरहेको छ। बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा मतदान चलिरहेको छ । मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ।
निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जान, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजान, कर्णाली र सुदूरपश्चि प्रदेशमा महिला र अन्य समूह दुईदुई जना गरी जम्मा १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन्।
मतदान सकिएपछि आज नै नतिजा प्रकाशन गर्ने गरी व्यवस्था मिलाइएको आयोगले जनाएको छ । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ राजनीतिक दलका तर्फबाट ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश सभा सदस्य तर्फका पाँच सय ५० र स्थानीय तह तर्फ एक हजार पाँच सय छ गरी दुई हजार ५६ मतदाता रहेको आयोगले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यले राष्ट्रियसभा सदस्य चुन्नेछन् । निर्वाचन हरेक प्रदेशमा हुने र सोहीअनुसार प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिँदैछ । तीमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन् । एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रियसभाका एकतिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ ।
गण्डकीमा २३० जना मतदाता
गण्डकी प्रदेशमा ‘अन्य समूह’ र ‘महिला समूह’ तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख, उपप्रमुख १७० गरी कूल २ सय ३० मतदाता छन् । प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख, उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । प्रदेशसभाको दुई हजार ८ सय ८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५ हजार ९ सय ४० मतभार गण्डकी प्रदेशमा छ ।
निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्गेसले दुबै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले एक पदमा मात्र उम्मेदवारी दिएको छ । नेकपाबाट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार छन ।
काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ । जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार छन ।नेकपाको प्रदेशसभामा ४० र स्थानीय तहमा ८३ गरी १ सय २३ मतदाता छन् । नेकपाको कूल मतभार तीन हजार ४ सय १४ छ ।नेपाली काँग्रेसको प्रदेश सभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ मतदाता छन् ।
