
कृपा भण्डारी
पोखरा, २० मंसिर
जिल्लाा प्रहरी कार्यालय कास्कीमा महिला हिँसाका घटनाहरुको बारेमा दिनानुदिन उजुरी पर्ने क्रम बढ्दो छ । विगतमा जस्तै यस वर्ष पनि उजुरीको संख्यामा कुनै कमी आएको छैन । तर एक मात्र फरक भएको छ महिला हिँसाको प्रकृतिमा । लिङगको आधारमा भेदभाव गर्ने र महिला भएकै कारण कयौँ थिचोमिचो सहन बाध्य महिलाहरु जिल्लास्थित महिला सेल गुहार्न पुग्छन् । दिनहुँ परेका उजुरीका बारेमा छलफल र सुनुवाई गर्दे आएकी कास्की महिला सेल प्रमुख ईन्सपेक्टर चन्द्रा गुरुङ भन्छिन् “ घटनाका प्रकृतिमा मात्र परिवर्तन आएको छ, तर महिला हिँसा यथावत छ” उनले भनिन् । “ विगतमा घरायसी झैझगडा, दाईजोपात मात्र महिला हिँसा हुन्थे त्यसमा पनि गरिव र निमुखाका केशहरु बढि हुन्थे भने अहिले सम्पन्न मानिएको परिवारबाटै भएका महिला हिँसाका केशहरु पनि आउने गरेका छन् ”उनले भनिन् ।
कार्यस्थलमा हुने महिला हिँसा, सहकर्मीबाट हुने दुब्र्यबहार र पछिल्लो समय सुचना प्रविधिले निम्त्याएका धेरै हिँसाका घटनाहरुपनि उजुरीका रुपमा पर्ने गरेका छन् । अशिक्षित मात्र हैन हिँसाको शिकार शिक्षित महिलावर्ग पनि हुने गरेको पाईएको छ । महिला अधिकारकर्मी विजया सुवेदी विगतको भन्दा अहिले चेतनाको स्तर वृद्धि भएका कारण पनि लुकेर रहेका धेरै महिला हिँसाका केशहरु बाहिर आउने क्रम बढेको बताउँछिन् । घटना बारम्बार दोहोरिने र शिक्षित महिलाहरु जो हिँसामा परेका छन् उनिहरुले प्रतिकार नगर्दा पनि महिला हिँसाका घटनाले प्रश्रय पाउने गरेको सुवेदीको भनाई छ ।
अहिले देशैभर विभिन्न एनजिओ, आईएनजिओ लगायत सरोकारराख्ने संघसंस्था सबैले लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान मनाईरहेका छन् । विभिन्न गोष्ठि , सेमिनार तथा अन्र्तक्रिया कार्यक्रम गर्दे सेतो रिबन अभियानलाई सबैले प्राथमिकताका साथ अगाडि बढाईरहेका छन् । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपाल लगायत विश्वका ६० भन्दा बढि देशहरुले यो अभियानलाई प्राथमिकता दिएको पाईन्छ । यसैविच नेपालमा पनि राष्ट्रिय , क्षेत्रिय तथा स्थानियस्तरमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु भईरहेका छन् ।
अभियान अन्र्तगत महिला विरुद्ध हुने हिँसा अन्त्यका लागि,लैङिगक समानताका लागि पुरुष सहभागिता सन्जालको संयोजनमा पोखरामा क्षेत्रिय स्तरको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । सभासद् सिता गिरि ओली सहित गैससमहासंघ, ईन्सेक, प्रहरी प्रतिष्ठान लगायत सन्चारगृहका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा सुरुवात भएको प्रभातफेरी कार्यक्रमले शहर परिक्रम गरेको थियो । परिक्रमा पछि भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सभासद् सिता गिरिले महिला हिँसा हुने मुख्य कारणहरु हाम्रा धर्म संस्कृति भएको बताईन् । “धर्मग्रन्थमा प्रत्येक घटना र कारणमा महिलालाई तल्लोस्तरमा राखिएको छ”उनले भनिन् “हाम्रा धर्मग्र्रन्थ तथा संस्कारहरुमा महिलाविरुद्ध भएका असमानतालाई चिर्न जरुरी छ” । सभासद गिरिले नेतृत्व तहमा महिला नपुगेसम्म महिलाहिँसाका घटनामा कमी आउन नसक्ने भन्दै स्थानिय निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य गराउन आफुहरुले पहल गरेको बताईन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे नेपाल समाचारपत्रका सम्पादक टंक पन्तले नेपाल महिला हिँसा निवारणका लागि २२ वटा भन्दा बढि अन्र्तराष्ट्रिय सन्धि,महासन्धिहरुको पक्ष राष्ट्र भएतापनि यसमा आशातित र उल्लेख्य परिवर्तन भने आउन नसकेको बताए । पन्तले भने “महिला हिँसा विरुद्ध महिलाले मात्र काम गरेर लैङिगक मैत्री समाज बन्न सक्दैन, त्यसको लागि पुरुषको पनि समान सहभागिता चाहिन्छ” ।
अर्का कार्यपत्र प्रस्तुतकर्ता ईन्सपेक्टर चन्द्रा गुरुङले नेपालका विकसित जिल्लाहरु मध्य कास्की जिल्ला र यसमा रहेका गाविसहरुमा महिला हिँसाका घटना बढिमात्रामा हुने गरेको बताईन् । गुरुङले आफनै प्रहरी युनिटभित्र पनि बेलाबेलामा हिँसाविरुद्ध प्रशिक्षणहरु दिने गरेको उल्लेख गरिन् । उनले शशतm कानुनी ब्यवस्था हुुनुपर्ने, पिडितलाई पर्याप्त राहत स्वरुप आर्थिक एवं सामाजिक ब्यवस्था मा जोड दिनुपर्ने, लैङिगक हिँसाबारे प्रचारप्रसार र चेतनामुलक कार्यक्रमहरु गरि हिँसा न्युनिकरण गर्न सकिने बताईन् ।
कार्यक्रममा डिआईजी बमबहादुर भण्डारी, क्षेत्रिय मानवअधिकार आयोग प्रमुख , गैसस महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, अधिकारकर्मी रामप्रसाद सुवेदी, पत्रकार रमेश पौडेल,दुर्गा भण्डारी लगायतले महिला हिँसा विरुद्ध सबै एकजुट हुनुपर्ने धारण राखेका थिए ।
