माघ ८ गते संविधान असम्भव, एक दुई महिना थपेर भएपनि सहमतिमै संविधान आउँछ–प्रचण्ड

332
0
Share:

२० मंसिर, काठमाडौं – एमाआवोदी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ८ मा संविधान जारी गर्न असम्भव भएकाले एक÷दुई महिना समय थप गररे संविधान बनाउँदा पनि नेपाली जनताले स्वीकार गर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आफ्नै कार्यकक्षमा आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा अध्यक्ष प्रचण्डले भने–‘एक दुई दिनभित्र सहमति भयो भने अझै पनि संविधानको मस्यौदा माघ ८ गतेभित्र जनताको विचमा लैजान सकिन्छ तर म त्यो सहमतिको सम्भावना भने देख्दिन, त्यसैले माघ ८ को समय अब घर्किसकेको छ ।’’
अध्यक्ष प्रचण्डले भने–‘कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले संविधान निर्माणको प्रसंगमा आफूलाई दाता र अरुलाई भिखारी जस्तो व्यवहार गरिरहुनभएको छ । उहाँहरुले दुई तिहाईको बलमा पेलेर संविधान बनाउने सोच्नुभएको छ तर, यो सम्भव छैन र त्यसमा जनताले पनि साथ दिँदैनन ।’
अहिले गिरिजाबाबुको अभाव खट्किएको भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘गिरिजाबाबु हुनुभएको भए देशले यो नियति भोग्नुपर्ने थिएन कि ?’

साक्षात्कारमा प्रचण्डले भने–‘संविधानसभालाई नियमित संसद बनाउन ओलीजी र सुशीलजी लाग्नुभएको छ’ । हिजो लोकतान्त्रिक आन्दोलनमा उहाँहरु ‘लेट कमर हो’, तपाई पत्रकारहरुलाई थाहा छ, ऋषिजीलाई पनि राम्रोसँग थाहा छ । ओलीजी र सुशीलजीले संविधान निर्माणको प्रसंगमा आफूलाई दाता र अरुलाई भिखारी ठान्नुभएको छ ।’

‘‘वास्तवमै भन्ने हो भने सुशीलजी र ओलीजी संघियता र शान्ति प्रक्रियाको विरोधी हुन, उहाँहरु अन्तिम समयमा गोहीको आँशु चुहाउँदै सहमति भाँड्न नौ बुँदे पेस गर्नुहुन्छ । यो तरिका ठीक होइन, यो देशलाई संविधान दिने तरिका होइन। सुशीलजी र ओलीजीको कारणले समयमै संविधान नबन्ने खतरा बढेको हो ।’’–उनले थपे ।
उहाँले शान्ति प्रकृयाका बारेमा लामो ब्याख्या गर्दै संविधानसभाको दोस्रो निर्वाचन हुनै नसक्ने अवस्थामा आफूले ठूलो जोखिम उठाएर निर्वाचन गराउने कामका लागि योगदान गरेको बताए । आफूले शान्ति प्रकृया पूरा गर्न, सेना समायोजन र जनसेना विघटन गर्न र चुनावी सरकार बनाउन ठूलो जोखिम मोलेको चर्चा गरे ।

उनले संविधानसभामा रहेका ३१ दलमध्ये २९ दल कांग्रेस एमालेको गतिविधिसँग सशंकित रहेको भन्नुभयो, ‘सरकारमा भएकै पार्टीहरु बीचमा पनि यतिवेला गम्भीर विवाद छ । कांग्रेस एमालेले संविधान बनाउन कि नबनाउन प्रस्ताव ल्याएका हुन् भन्नेमा सरकारभित्र रहेका दलहरुमै विवाद रहेको छ ।’

उनले संसारमा कहीँपनि विजयी पार्टीले जनताप्रति गरेका संकल्प, पार्टीहरुबीच भएको सहमतिलाई लत्याएर संविधान बनाएको उदाहरण नभएको बताए । उहाँले भन्नुभयो, ‘संसदको दुई तिहाईले जे पनि गर्न पाउँछ भने जसरी संविधानसभाले दुई तिहाईले चाहिँ गर्न पाउँदैन । संसदको दुई तिहाई र संविधानसभाको दुई तिहाईलाई कांग्रेस एमालेले एउटै रुपमा बुझ्ने काम गरिरहेका छन् । त्यसरी नबुझ्न पनि उहाँले चेतावनी शैलीमा आग्रह गरे ।

‘१२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानको मर्म र भावना, मधेस आन्दोलन, आदिवासी जनजातिका आन्दोलन सहित विभिन्न आन्दोलनको भावना भन्दा बाहिर गएर संविधान बनाउने दुस्साहस या चेष्टा गरेमा दुर्भाग्य हुनेछ । दुई तिहाईको बलमा संविधान बनाउन खोज्नु संविधानसभा विरोधी हुनु हो, संघीयता विरोधी हुनु हो अनि तानाशाही बन्नु हो, तर सुशीलजी र ओलीजी त्यही बाटो अप्नाउन खोज्दै हुनुहुन्छ, त्यसले मुलुकलाई संकटतिर लैजान्छ’ , प्रचण्डले भने ।

कमेन्ट गर्नुहोस्
Share: