
काठमाडैं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ । चीनको बुहानबाट विदामा नेपाल आएका विद्यार्थीको रगत र ¥यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो ।
नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन(डम्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । ती विद्यार्थीलाई ज्वारो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालले ती ब्यक्तिमा हाल भाइरसका लक्षण नरहेको बताए ।
यस्तै, हङकङबाट आएका अर्का एक व्यक्तिमा पनि नोवल कोरोना संक्रमण भएको आशंका गरिएको छ। विशेष निगरानीमा शुक्रबारदेखि टेकु अस्पतालमा राखिएको उनको ¥याल र रगतको नमुना परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ। भाइरसको संक्रमण देखिएपछि निगरानीका साथै विस्तृत अध्ययन गरिरहेको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
अहिले कोरोना भाइरसको संक्रमण अमेरिकासम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरुमा तीव्र रुपले फैलिइरहेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले हाललाई स्वास्थ्य इमर्जेन्सी लागू गरिसकेको छैन ।
कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अनुसन्धान प्रकाशित भएको छ ।
