
काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली‚ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहेको छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न शीर्ष नेताहरु छलफलमा जुटेको बताइएको छ।
लामो कसरतपछि नेकपाले सभामुखको उम्मेदवार चयन गरेको छ। कांग्रेसले अहिले उपसभामुखको दाबी गरिरहेको छ। आइतबारबाट प्रतिनिधिसभा सभामुखको निर्वाचन हुँदैछ। त्यसैले शनिबारको शिर्ष नेताहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
कमेन्ट गर्नुहोस्
