खानेपानी संकटले माल्दिभ्समा अस्थिरता, ठाउँठाउँमा झडप/ मालेमा दुई दिन सार्वजनिक विदा

Share:
माले, मङ्सिर २२ / माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनले आफ्नो पर्यटन केन्द्र मुलुकको राजधानीमा देखा परेको खानेपानी सङ्कट समाधान गर्न मलेसियाको भ्रमण छोट्याएका छन्। यस समस्याका कारण सडकमा अस्थिरता पैदा भएको छ।
 maldives scarcity
राजधानी सहर मालेका वासिन्दाले तेस्रो दिन पनि धारामा पानी पाएनन्। प्रमुख प्रशोधन संयन्त्रमा आगो लागेपछि राजधानीमा पानीको आपूर्ति कमी भएको हो र त्यसका कारण स्थानीय वासिन्दा क्रुद्ध भएका छन्।
राष्ट्रपतिले यो सङ्कट समाधान गर्न भारत, श्रीलङ्का तथा चीनबाट ल्याइएको खानेपानी बोतल वितरण गरिरहेको बताएका छन्।
बङ्गलादेशले आइतबार एक लाख लिटर बोतल पानीका साथमा पाँच अन्यत्र लैजान सकिने पानी प्रशोधन संयन्त्र एक जहाजमा उक्त द्वीपहरूको समूहतर्फ पठाएको जानकारी दिएको छ।
बङ्गलादेशको नौसेनाले उसको जहाज आइतबार बिहान चटगाउँ छोडेको र चार दिनमा माले पुग्ने जानकारी दिएको छ।
राष्ट्रपति यामिनले शनिबार मालद्वीपका नागरिकलाई यस अवधिमा धैर्य वहन गर्न तथा एकतामा बाँधिन आग्रह गरेका छन्। उनले जनतालाई यो समस्या समाधान गर्न सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका छन्।
हाल मालद्वीपका वासिन्दाबीच झगडा देखा परेको छ भने रासनमा पानी वितरण गर्ने पसलमा आक्रमण हुनथालेको छ। सरकारले जनताको क्रोध कम गर्न आइतबार तथा सोमबार दुई दिन सार्वजनिक विदा घोषणा गरेको छ।
स्थानीय वासिन्दाले राजधानीको प्रमुख आपूर्तिकर्ताहरूले छोटो समयका लागि पानी तान्ने काम आरम्भ गरेको जानकारी दिएका छन्। यसो भए पनि मालेका अग्ला भवनका माथिल्ला तलमा पानी पुग्न कठिन देखिएको छ।
यस मुलुकका अन्य पर्यटकीय द्वीपका आफ्नै ऊर्जा उत्पादन तथा खानेपानी प्रशोधन संयन्त्र भएका कारण यस्तो समस्या देखिएको छैन।
सरकारले मालेका एक लाख २० हजार वासिन्दा तथा बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान तथा श्रीलङ्काका हजारौँ कामदारलाई निःशुल्क खानेपानी उपलब्ध गराउने बचन दिएको छ।एएफपी
कमेन्ट गर्नुहोस्
Share: