सांसद दीपक मनाङे ६ हजार धरौटीमा छुटे, मनाङेलाई हिरासतमा पुर्याउने मिलन अझै सात दिन थुनामै

Share:

पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे रिहा भएका छन्। कुटपीटको आरोपमा पक्राउ परेका सांसद मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन अघि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि पक्राउ परेका उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आक्रोश पोखेका थिए ।

यता मनाङ्गेलाई हिरासतमा पुर्याउने मिलन गुरुङ भने अझै एक साता भएका छन्। बैंकिङ कसुरमा पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । ओम गौरा जोस्टेल प्रालिका प्रोपाइटर हरि भक्त आचार्यको उजुरीमा उनलाई शुक्रबार नियन्त्रणमा लिइएको थियो।

मनाङे र मिलनबीच भएको के ?

पोखराको भण्डारढिक खेलमैदानमा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन हुँदै थियो । प्रतियोगितामा कोषाध्यक्षको जिम्मेवारी मिलन गुरुङलाई दिइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयपछि उद्घाटन गर्दै थिए । विशेष अतिथिका रुपमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) आइसकेका थिए । मुख्यमन्त्री पुगिसकेका थिएनन् ।

उद्घाटनको समय केही ढिला भएको थियो । आसनग्रहणका लागि मनाङेलाई बोलाइयो। मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्काभेट भयो । सांसद मनाङे फायर थिए । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा मनाङेलाई आयोजकप्रति चित्त बुझिरहेको थिएन । एन्फाका केन्द्रिय अध्यक्ष नै कुट्छु भनेर मुर्मुरिरहेको बेलामा जिल्ला अध्यक्ष मिलनलाई देख्नासाथ उनले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको ? भनेर प्रश्न गरे ।

जवाफमा एन्फा अध्यक्ष मिलनले अभ्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको भने । खै त खेलाडीले अभ्यास गर्न पाएको ? नटेर्ने ? ढाँट्ने ? भन्दै दुई जनाबीच केहिबेर भनाभन भयो । करिब ५ मिनेट वादविवादपछि मनाङेले मिलनको छातीमा हात पु¥याए र धकेले । मनाङेले हात हालेपछि मिलन आफ्नो ज्यान बंग्याए । मिलनले छल्दा छल्दै मनाङेले मिलनको गोडामा हाने । भनेजस्तो नलागेपछि मनाङेले गालामै हाने । उनको प्रहार घाँटीतिर लाग्यो । सांसद गुरुङलाई प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा गुनासो थियो ।

यो पनि:
पोखरामा कुटाकुटः रामकृष्णलाई मिलनले, मिलनलाई दीपक मनाङेले कुटे (भिडियोसहित)

ठगी आरोपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ

कमेन्ट गर्नुहोस्
Share: