आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

Share:

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार भने प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि आज प्रतितोला ७५ हजार ७ सय रुपैयाँ नै कायम छ । हिजो सोमबार पनि यही मूल्य कायम थियो ।

आइतबार भने तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । सोमबार तोलाको ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घट्दै ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: