गलकोटको कपास उद्योगमा आगलागी, २० लाखको क्षति

Share:

बागलुङ । बागलुङमा एक कपास उद्योगमा मंगलबार आगलागी भएको छ । गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा विद्युत चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कपास उद्योग पूर्णरूपमा क्षति हुँदा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गर्दै आएका उक्त उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको छ ।त्यस्तै, पार्किङ गरेर राखिएको ध १ प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: