यौन धन्धामा संलग्न वडाअध्यक्षसहित तीन पक्राउ

Share:

ललितपुर। ललितपुर प्रहरीले यौन धन्धामा ग्राहक बनेर पुगेको अवस्थामा दक्षिणकाली-४ का वडाअध्यक्ष खड्कालाई नियन्त्रणमा लिएको छ । खड्कासहित तीन जना गत माघ १० गते पक्राउ परेका थिए। उनीहरुमाथि मानव बेचबिखन अपराधमा अनुसन्धान भइरहेको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिइन्।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ का ६४ वर्षीय बृजगोपाल श्रेष्ठ र भारत मोतिहारीका ४५ वर्षीय नवल ठाकुर रहेका छन्। उनीहरुलाई ८ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले कोठीमा भेटिएका युवतीलाई पीडित बनाएर उनीहरुको जाहेरीका आधारमा अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: