कोरोनाभाइरस : मृत्यु हुनेको सङ्ख्या २ सय १३ पुग्यो, डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

Share:

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । चीनबाट दुई हप्ता अघि देखिएको कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ। भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ।

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: