
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्र भाइरसको संक्रमणबाट ११ हजार ७९१ संक्रमित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विश्भर १२ हजारभन्दा बढी संक्रमित भएको सीएनएनले जनाएको छ । यसको संक्रमण विश्भरका २४ मुलुकमा फैलिएको छ । अमेरिकामा सातजनामा कोरोनाको संक्रमण भेटिएको छ भने बेलायतमा दुईजना, भारतमा एक, नेपालमा एक, अस्ट्रेलियामा ९, जापान १७, दक्षिण कोरिया ११, थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी मलेसियामा ७, यूएईमा ४ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणले महामारीको रूप लिएपछि विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार नै विश्वभर ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ।
कोरोना भाइरसका कारण चीनबाहेक अन्य देशमा हालसम्म कसैको पनि मृत्यु भने भएको छैन।
