नेपाली विद्यार्थीको उद्धारका लागी दुई जहाज तयार छन् : मन्त्री भट्टराई

Share:

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन्। कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरूलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन्।

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताए। चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्।

अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन्। ‘आवश्यक पर्‍यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स तयारी अवस्थामा छन्। दुवै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु। कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, उनले भने।

कमेन्ट गर्नुहोस्
Share: