
पोखरा। १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताबारे औपचारिक घोषणा भएको छ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको मोफसलको प्रतिष्ठित प्रतियोगिता यस प्रतियोगिता बारे पत्रकार सम्मेलन गर्दै औपचारिक घोषणा भएको हो।
ए डिभिजन क्लबहरु, मोफसलका टिमहरु, आयोजक सहारा क्लब र विदेशी टिमहरुसहित कुल १० टिमको सहभागिता रहने छ। प्रतियोगिता एन्फाले तय गरेको मिति अर्थात फागुन २२ देखी चैत्र १ गते सम्म सञ्चालन हुने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए।
प्रतियोगितामा वेष्ट अफ फाईभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था रहने जानकारी दिदै बिजेता तथा उपबिजेता टिमलाई प्रदान गरिने नगद पुरस्कारको घोषणा अर्काे पत्रकार सम्मेलन मार्फत गरिने आयोजकले जनाएको छ ।
