
पोखरा । उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि मध्य र पूर्वका केही ठाउँमा आज (सोमबार) बिहानैदेखि मौसम सामान्य बदली भएको छ । बाँकी ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पनि मध्य र पूर्वका केही ठाउँमा सामान्य बदली भए पनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविदले जनाएका छन् ।
राति भने देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
