वडाध्यक्ष धामीको शव अझै उठेन, आज पनि विनायक बजार बन्द

Share:

अछाम । अछामको पञ्चदेवल नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या तीन दिन भइसक्दा पनि शव उठ्न सकेको छैन। मृतकका आफन्तहरु र स्थानीयले आजपनि विहानैदेखि विनायक बजार बन्द गराएका छन् । उनीहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाएका छन्।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको गोठमा वडाध्यक्ष धामीको शव भेटिएको थियो ।
प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ। हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण हालसम्म पोष्टमार्टम समेत हुने सकेको छैन।

हत्याको विरोधमा बुधबार बिहानैदेखि विनायकबजार पुर्ण रुपमा बन्द रहेको छ। आन्दोलनकै कारण मध्यपहाडी लोकमार्गमा पनि यातायात आवागमन ठप्प भएको छ । प्रहरीले सिआईवी र तालिमप्राप्त कुकुरको माध्यमबाट अनुसन्धान शुरू गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: