टिपरको ठक्करबाट दुईको मृत्यु

Share:

काठमाडौं– कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

टिपरले ठक्कर दिएपछि मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । तर उपचारको क्रममा उनीहरुको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्
Share: