
पोखरा । आज (शनिबार) पोखरा लगायत देशका विभिन्न ठाउँको मौसम सामान्य बदली भएको छ । देशको पश्चिमी भूभागमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शनिबार दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।
अन्य ठाउँमा भने एकैछिन घाम लाग्दै बादल लाग्ने महाशाखाले जनाएको छ।
यस्तै राति देशका पूर्व र मध्य पहाडी भूभागका एक–दुई स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
