आजदेखि १३ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाईंदै

Share:

काठमाडौं । हात्तीपाइले रोगको जोखिम रहेका १३ वटा जिल्लामा आज (शनिबार) देखि हात्तिपाइलेविरुद्धको औषधि खुवाईँदैछ । धनकुटा, झापा, मोरङ, बारा, लमजुङ्ग, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हात्तीपाइले रोगबाट बच्न लगातार ६ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ।नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिए पनि ६ महिनापछि सर्वेक्षण गर्दा उक्त जिल्लाहरुमा पुनः सङ्क्रमण भेटिएका कारण हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालिएको हो ।

दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा अरु रोग लागेर सिकिस्त भएका बिरामी बाहेक सबैले औषधि खान मिल्ने तर खाली पेटमा भने खान नहुने डाक्टरले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: