अब कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता

Share:

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले अब १० प्रतिशत कर फिर्ता पाउने भएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा आएको हो ।

कार्यक्रम शुभारम्भ भएसँगै अब उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् ।

यस्तो प्रणालीमा सुधार गरेका बिक्रेताहरुबाट एक पटकममा एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु जा सेवाको खरिद गरी विद्युतिय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन् ।

उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा सरकारले यस वर्षको बजेटमार्फत गरेको थियो ।

पुस २५ बाट यो कार्यक्रम शुभारम्भ गरिने भनिए पनि केही ढिलोगरी सुरु भएको हो । सरकारले विद्युतीय माध्यमबाट भुक्तानीका लागि जनतालाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: