नेपाल प्रहरीको २७ औं महानिरीक्षक बने ठाकुर ज्ञवाली

Share:

काठमाडौं । नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी) मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका ज्ञवाली प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् । २५ असार २०४७ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका ज्ञवालीले महानिरीक्षक बन्दा आफ्नै ब्याचका २ जना प्रतिस्पर्धीलाई उछिनेका हुन् ।

अन्य २ जना डीआईजीहरु तारणि लम्साल र सूर्य उपाध्यायलाई उछिन्दै ज्ञवाली महानिरीक्षक बन्न सफल भएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका ज्ञवालीलाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षमा बढुवा गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: