
नवलपुर । नवलपुरको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । छरछरेबाट बुलिङ्गटार जाने क्रममा लु ४ च २५५६ नम्बरको ट्रयाक्टर मंगलबार बेलुकी दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा स्थानीय २२ वर्षीय नरबहादुर मगर, ५९ वर्षीय यानसिंह सारु मगर, ४० वर्षीय कुलबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु मगर रहेको इलाका प्रहरी कार्यालय बुलिङ्गटारले जनाएको छ ।
पाँचजना सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि चितवन पठाइएको छ। कच्ची बाटोका कारण ट्रयाक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
