धादिङमा सवारी दुर्घटना : नायिका महिमा सिलवालसहित दुई जनाको मृत्यु

784
0
Share:

धादिङ । धादिङमा बसले स्कुटरलाई ठक्कर दिँदा नायिका महिमा सिलवालसहित दुई जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले बा ९८ प ७०५८ नम्बरको नायिका महिमा चढेको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी स्वास्थ्यचौकी लैजादै गर्दा बाटैमा मृत्यु भएको र स्कुटरमा पछाडि बसेकी सर्मिला सिलवालको पनि उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिमा सिलवाल र सर्मिला सिलवालको बहिनीको ईगेजमेन्टमा चितवन जाँदै गर्दा गएराती उक्त दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका महिमा र सर्मिला दिदीबहिनी हुन् । अहिले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी नायिका महिमाले फिल्म क्षेत्रमा निकै ठुलो योगदान गरेकी छिन् । उनले कारवाही चलचित्रबाट डेब्यु गरेकी थिइन्। त्यसपछि उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लो लगायत चलचित्रमा काम गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: