
एजेन्सी। म्यानचेस्टर सिटीमाथि आगामी दुई सिजन युरोपियन क्लब प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ।
युरोपियन फुटबलको प्रशासकीय निकायल युइएफएका अनुसार इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले क्लब इजाजत तथा आर्थिक पारदर्शिता सम्बन्धी नियम गम्भीर रुपमा उल्लंघन गरेको पाइएको जनाएको छ ।
साबिक विजेता सिटीले प्रिमियर लिगमा रहन पनि ३० मिलियन युरो जरिवाना तिर्नु पर्ने भएको छ । युइएफएको यो निर्णयविरुद्ध म्यानचेस्टर सिटीले खेल अदालतमा पुनरावेदन गर्न पाउने छ । म्यानचेस्टर सिटीले निर्णयबाट निराश भएको तर अचम्ममा नपरेको बताएको छ । उसले पूर्वाग्रही निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।
सन् २०१२ देखि २०१६ सम्ममा प्रायोजना मार्फत क्लबले प्राप्त गरेको रकमबारे सही जानकारी नदिएको र अनुसन्धानमा सहयोग समेत नगरेको युइएफएले गठन गरेको छानविन समितिले उल्लेख गरेको छ ।
