सफल पोखरा म्याराथनमा जापानीज धावक प्रथम

Share:

पोखरा। १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगितामा जापानीज धावक प्रथम भएका छन्। जापानीज धावक ताकानाशी योशिकीले म्याराथनमा जीत हात पारेका हुन्।

ताकानाशीले ४२.१९५ कि.मी.को निर्धारित दूरीलाई २ घन्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् ।

भुतपूर्र्व खेलाडी मञ्च पोखराले आयोजना गरेको म्याराथनमा १३ औं साग खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता एपीएफका किरणसिंह बोगटी दित्तीय हुन सके। निर्धारित दूरीको म्याराथनलाई बोगटीले २ घन्टा २८ मिनेट ०८ सेकेन्डमा पूरा गरे ।

यस म्याराथनमा निर्धारित दूरीलाई २ घन्टा, २९ मिनेटमा पूरा गर्दै भारतीय सेनाका अनिश थापा मगर तेस्रो भए।

अरु स्पर्धामा को विजेता ?
१० कि.मी. पुरुष दौड: स्याङ्जाका पूर्णबहादुर कार्की
१० कि.मी. महिला दौड- धरानकी इन्द्रकला राई
५ कि.मी.छात्रतर्फ- विनोद गुरुङ
छात्रातर्फको ५ कि.मी- बिष्णु बि.क.

तस्बिर: सुदर्शन रंजित

कमेन्ट गर्नुहोस्
Share: