बढ्यो सुनको मूल्य, कति छ आज ?

Share:

काठमाण्डाै – सुनको भाउ आइतबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता घटबढ हुँदै गएको सुनकाे भाउ माघ १९ र २० गते पनि तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको भाउले आज फेरि त्यही भाउ भेटेको हो ।

कमेन्ट गर्नुहोस्
Share: