
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दाको फैसला आज (सोमबार) हुने भएको छ । मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै हुने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायत आठ जनाअधिवक्ताले बहस गरेका थिए ।त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए ।
संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गएको कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा रहेका छन् ।
