मुलुक र जनताको समृद्धिका लागि पार्टी एकता- अध्यक्ष प्रचण्ड

235
0
Share:

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन्।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको बताए।

उनले मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको बताए। अध्यक्ष दाहालले विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म पुर्‍याएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको जिकिर गरे।

अध्यक्ष दाहालले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको बताए।

कमेन्ट गर्नुहोस्
Share: