
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई दिन्छु भनी रकम असुली गरेर ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ घर भई काठमाडौं शंखमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उनले भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा लाइसेन्सको ट्रायल परीक्षा दिन आएका व्यक्तिसँग लाइसेन्स बनाई दिन्छु भनी रकम असुल्दै आएका थिए ।
श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
