कोरोना भाइरस : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

316
0
Share:

काठमाडौं । चीनमा कोभिड–नाइन्टिन (कोरोना भाइरस)को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार पाँच पुगेको छ। यस्तै संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचार संस्था सीएनएनले जनाएको छ।

चीनमा दुई हजार एक जना र चीन बाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा थप एक/एक जना गरी ज्यान गुमाउनेको संख्या दुई हजार पाँच पुगेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले भने चीनमा देखिएका संक्रमितमध्ये ८० प्रतिशतको स्वास्थ्यमा सुधार आएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: