चलचित्र पत्रकार संघ कास्कीको कोषाध्यक्षमा बिग एफएमकर्मी तिवारी चयन

Share:

पोखरा । चलचित्र पत्रकार संघ कास्कीको कोषाध्यक्ष पदमा बिग एफ.एम कर्मी अपर्ण तिवारी चयन भएका छन् । संघको चौँथो अधिवेशनमा कार्यसमिति सदस्यमा निर्वाचित तिवारीलाई बुधबारको बैठकले  कोषाध्यक्ष पदमा चयन गरेको हो ।

संघका अध्यक्ष अरुण गिरीले तिवारीलाई कोषाध्यक्षमा चयन गरिएको जानकारी गराएका हुन् । संघको सल्लाहकारमा पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान, पत्रकार राजाराम पौडेल र मिडटाउन ग्यालरीका सञ्चालक उत्तम द्धा लाई चयन गरिएको छ ।

संघले आगामी दिनमा पुराना कार्यक्रमको निरन्तरता सँगै पोखरामा चलचित्र सम्बन्धी नयाँ गतिविधि गर्ने निर्णय गरेको बताए।

संघले आगामी दिनमा नेपाली चलचित्र सँगै पोखरामा निर्माण हुने भाषाभाषीका चलचित्र सम्बन्धी गतिविधिमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: