पीएसजीलाई हराउँदै बार्सिलोना बन्यो समूह विजेता

Share:

२५ मंसिर, काठमाडौं । बार्सिलोना समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनमाथि ३–१ को जित हात पारेको छ ।

एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन  गर्दै जित हात पार्ने क्रममा बार्सिलोनाका तीनै फवार्ड लिओनल मेस्सी, नेयमार र स्वरेजले गोल गरे । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पेरिस सेन्ट जर्मेनले १५ औं मिनेटमा जाल्टन इब्राहिमोभिचको गोलबाट अग्रता लिएको थियो ।

Neymar-and-Luis-Suarez-celebration

तर, पाहुना टोलीले अग्रतालाई चार मिनेटभन्दा जोगाउन सकेन । मेस्सीले १९ औं मिनेटमा बराबरी गोल फर्काए । स्वरेजको पासमा उनले क्लोज रेन्जबाट गोल गरे । उनको यो च्याम्पियन्स लिगमा ७५ औं गोल हो ।

४१ औं मिनेटमा नेयमारले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा स्वरेजले गोल गरेपछि बार्सिलोना ३–१ को जितका साथ समूह विजेता बनेको छ ।

हारपछि पनि पेरिस सेन्ट जर्मेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: