स्कटल्यान्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट ईपीएल खेल्ने

Share:

काठमाडौं । स्कटल्यान्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

पोखराले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै ब्याट्सम्यान मुन्सेले पोखराबाट ईपीएल खेल्ने जानकारी दिएको हो ।

पोखराले मुन्सेलाई तेस्रो विदेशी खेलाडीको रुपमा क्लबमा भित्राएको हो । यसअघि पोखराले वेस्ट इन्डिजका क्रिस गेल र केस्रिक विलियम्सलाई अनुबन्ध गरिसकेको छ ।

यो संस्करणको ईपीएलमा पोखराले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार क्लबले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरु अनुबन्ध गरेको हो ।

ईपीएल आउँदो चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: