आजदेखि साप्ताहिक मौसम पूर्वानुमान संघीय संरचनाअनुसार

1942
0
Share:

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले आजदेखि संघीय संरचनाअनुसार एक हप्ताको मौसम पुर्वानुमान सार्वजनिक गर्न थालेको छ ।
कृषकहरुलाई लक्षित गरी हरेक बिहिबार सातै प्रदेशको मौसमी विवरण तयार गर्ने गरेको छ । त्यसरी तयार गरिएको बुलेटिनलाई शुक्रबार जारी गर्ने गरिएको मौसमविद्ले बताएका छन् ।

महाशाखाले यसअघि भौगोलिक अवस्थितिका आधारमा मात्रै मौसमको पूर्वानुमान गर्ने गरेको थियो । संघीय संरचनाअनुसार जारी हुने बुलेटिनले कृषि कर्म गर्न मद्दत पुग्ने महाशाखाको विश्वास छ ।

यसैबिच आज (शुक्रबार) पश्चिमी वायुको प्रभावका कारण मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने महाशाखाले जनाएको छ ।

राति पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: