
काठमाडौं, मंसिर २६ । ब्राजील प्रहरीले श्रृंखलाबद्ध हत्यामा संलग्न एक युवकलाई पक्राउ गरेको छ । ब्राजीलको रियो द जेनेरियो सहरबाट पक्राउ परेका सेल्सन दास ग्राकासले हाल सम्म ४२ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका दास ग्राकासले ३७ महिला, तीन पुरुष, र दुई बर्षिया एक बालिकाको हत्या गरेको स्वाकारेका छन् । काला जातीका यी अभियुक्तले गोरा जातीलाई मार्ने गरेको बताउँदै हत्या गर्ने योजना बनाएका ब्यक्तिको एक सातादेखि महिना दिनसम्म पिछा गर्ने गरेको बताउँदै आफूलाई आँखा तर्ने तीन पुरुषको पनि हत्या गरेको बताएका छन् ।
हत्याप्रति आफूलाई पश्चाताप नभएको बताउँदै दास ग्राकासले आफू कारागारबाट छुटेपछी पनि हत्या गर्न नछोड्ने बताएका छन् । ग्राकासले १५ बर्षको उमेरमा पहिलो हत्या गरेको बताउँदै आफूलाई पक्राउ गर्न नसकेको भन्दै सुरक्षाकर्मीको खिल्ली समेत उडाएका छन् ।

