
पोखरा । पोखरा महागनरपालिका वडा नम्वर १४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् ।
केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले न्यायिक समिति नयाँ भएकाले सवै नागरिकले यसका बारेमा जानकारी राख्नुपर्नेमा जोड दिइन् । उनले देश संघीय ब्यवस्थामा गएपछि स्थानीय तहमा न्यायपालिकाको रुपमा न्यायिक समितिको ब्यवस्था संविधानले गरेको बताउदै सवै काम अदालती प्रक्रिया अनुसार हुने बताइन् । अदालती प्रक्रियामा समितिले काम गर्छ तर इजलासमा वकालत गर्न कुनै वकिल हुदैन् उनले भनिन्, ‘विवादका दुवै पक्षले आआफनो कुरा राख्ने हो र विवाद दर्ता गर्दा लाग्ने एक सय रुपैयाँ बाहेक अरु कुनै पनि शुल्क लाग्दैन् । यसले सहज रुपमा विवाद समाधान हुने भएकाले नागरिकको आर्थिक र समयको बचत हुन्छ ।’
विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताइन् । उनले मुद्धा मार्मिलाले समाजमा अशान्तिको वातावरण सृजना हुने भएकाले वडा तहका विवाद मेलमिलाप मार्फत समाधान गर्दा समाजमा सद्भाव कार्यम हुने उपप्रमुख गुरुङले बताइन् । अदातली प्रक्रियामा झन्झटिलो र आर्थिक बोझ पर्ने भएकाले वडा तहबाटै विवादको समाधान गर्न मेलमिलापक केन्द्रको स्थापना गरिएको बताइन् । उनले संविधानले स्थानीय तहमा न्यायपालिकाको रुपमा न्यायिक समितिको व्यवस्थाले नागरिकलाई सहज हुने बताइन् । उनले सवै प्रक्रिया पुरा गर्दा वडा तहमा मेलमिलाप केन्द्र स्थापनामा ढिलाई भएको समेत बताइन् ।
न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समिति गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराएकी गराए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे स्पष्ट पारेका थिए । न्यायिक समिति सदस्य पार्वती कार्कीले मेलमिलापकर्ताले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइन् । पोखरा वडा नम्वर वडाका १४ अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता कालीदास शर्मा, नेपाली काँग्रेसका प्रतिनिधि बोधराज कार्की, महागनरका कानुन अधिकृत राममणी अधिकारी लगायतले कसैलाई भेदभाव नगरी सवैको साथ र सहयोग लिएर मेलमिलापकर्ताले काम गर्नुपर्नेमा जोड दिए ।
